राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट

४ भाद्र, २०८३, बिहिवार
सारांश
  • भेटमा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

 

भेटमा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

 

सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत लोरेन्जोलाई बधाई तथा शुभकामना दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार